Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फेसबुकमा घण्टीलाई भोट माग्ने प्रहरी हवल्दार कारबाहीमा

फेसबुकमा घण्टीलाई भोट माग्ने प्रहरी हवल्दार कारबाहीमा

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही हुने भएको छ । 

पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले रास्वपाका लागि भोट मागेपछि उनीमाथि कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।

उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए । पटेलले रास्वपाको चुनाव चिन्ह घण्टीका लागि भोट मागेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077