Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘अबकी बार सय पार’ को नारा लगाउँदै चुनावी अभियानमा खट्न कार्यकर्तालाई गगन थापाको निर्देशन

‘अबकी बार सय पार’ को नारा लगाउँदै चुनावी अभियानमा खट्न कार्यकर्तालाई गगन थापाको निर्देशन

शुक्रवार , माघ २३, २०८२

पोखरा । चुनावी अभियानका लागि पोखरा पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अबकी बार सय पार’को नारा लगाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा थापाले आफ्ना कार्यकर्तालाई अबकी बार सय पार’को नारा लिएर चुनावमा होमिन निर्देशन दिएका हुन् । 

थापाले १६५ निर्वाचन क्षेत्रमा चुनाव लडेको कांग्रेस मात्र एउटा मात्र पार्टी रहेको बताए ।

उनले भने- 'अब की बार यो सरकार भन्ने नारा लगाउन छोडिदिनुस् । अब की बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले बहुमतसम्म पुग्न सकिन्छ । हाम्रो तागत हामी घरघर, गाउँगाउँ पुग्न सक्छौँ, टोलटोल पुग्न सक्छौँ । हिजोको जस्तो चुनावी प्रचार प्रसारले हुँदैन । उमेदवार सँगसँगै घरदैलो भनेर हिँडेर मात्र पनि हुँदैन।'

उनले सामाजिक सञ्जालमा अड्कन नहुने बताउँदै हल्लाबाट नतर्सिन पनि कार्यकर्ताहरूसँग आग्रह गरे। 

साथै पार्टी छाडेर गएकाहरूलाई हृदय खुला राखेर पार्टीमा स्वागत गर्नुपर्ने थापाको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077