Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौँ: उदय शमशेर

फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौँ: उदय शमशेर

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा सभापति गगन थापालाईकै नाममा भोट माग्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

आज ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार समेत रहेका  राणा यो निर्वाचन व्यक्तिगत उम्मेदवार जित्ने मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउँदै देशमा परिवर्तन ल्याउने निर्णायक चुनाव भएको बताए । 

सहमहामन्त्री राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा मात्र सीमित नभई सार्वजनिक स्थलमा आएर नीति र कार्यक्रमबारे खुला बहस गर्न रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह र अन्य नेताहरूलाई चुनौती दिए । 

‘फेसबुकबाट मात्र देश चल्दैन, जनताको बीचमा आएर नीति र दृष्टिकोण राख्नुपर्छ,’ उनले भने ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै राणाले वर्तमान युवा उम्मेदवारहरू किन यस्तो बहसबाट पन्छिरहेका छन् भन्ने प्रश्न पनि उठाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077