Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापा भन्छन्- चुनावपछि फेरि कतै आगो लाग्नु हुँदैन, सरकारबाट कुनै युवा मारिनु हुँदैन

गगन थापा भन्छन्- चुनावपछि फेरि कतै आगो लाग्नु हुँदैन, सरकारबाट कुनै युवा मारिनु हुँदैन

शनिवार , माघ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि देशमा अशान्ति र हिंसात्मक गतिविधि दोहोरिन नहुने बताएका छन् ।

गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले चुनावपछि  सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था आउन नदिन राजनीतिक दलहरू जिम्मेवारी हुनुपर्ने बताएका हुन्।

उनले भने- 'जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। तर चुनावपछि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन । चुनावपछि फेरि बनाइएको सिंहदरबार जल्नु हुँदैन । नयाँ बनेको संसद् भवन पनि सुरक्षित रहनुपर्छ । सरकारको गोलीबाट कुनै पनि युवा मारिनु हुँदैन ।'

उनले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै शान्ति, सहमति र सहकार्यका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्न कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले थप भने- 'चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077