काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।
यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदी प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
यसअघि शुक्रबार चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।