Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्यास अभाव टार्न आयल निगमले कार्यालयबाटै सुरु गर्‍यो वितरण

ग्यास अभाव टार्न आयल निगमले कार्यालयबाटै सुरु गर्‍यो वितरण

बुधवार , माघ २८, २०८२

काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।

बजारमा खाना पकाउने ग्यास (एलपी) को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरिएको हो ।

डिलरहरूबाट ग्यास पाउन नसकेका र अति आवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको छ ।

निगमको एलपिजी विभागका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालयको परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराउन थालिएको छ । नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्र बासिन्दाका लागि सहज हुनेछ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।

उनले भने- 'आज पहिलो दिन नेपाल ग्यासको १६० वटा सिलिन्डर आइसकेको छ । एभरेस्ट ग्यासको ७० सिलिन्डर बिक्री सुरू भएको छ । भने सुगम ग्यास आउने क्रममा छ । आजै ३०० वटासम्म सिलिन्डर पुर्‍याउने हाम्रो तयारी छ ।'

प्रवक्ता ठाकुरका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउँदैछ ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा प्रवक्ता ठाकुरले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077