Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

बिहिवार , माघ २९, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुड दल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली बुधबार मिसन इलाका प्रस्थान गरेको हो ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएका छन् ।

हाल त्यस मिसनमा एक हजार ६९ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077