Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापाले भने–देश बनाउन एमाले, माओवादी, रास्वपा, जसपा सबै चाहिन्छ

गगन थापाले भने–देश बनाउन एमाले, माओवादी, रास्वपा, जसपा सबै चाहिन्छ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आवेग, रिस वा उत्तेजनाले ेदेशमा परिवर्तन नआउने बताएका छन् । 

देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको बताउँदै उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित देशको मुहार फेर्न आफूहरू आएको बताएका छन् । 

बुधबार राजधानीमा आयोजिक कार्यक्रममा नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताउँदै उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको धारणा व्यक्त गरे । 

देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताउँदै उनले भने–‘नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०–१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन । हामीले मान्यौं, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी सम्हालिनुपर्छ ।’

म असल, बाँकी रहेका सबै खराब भनेर देश नबन्ने दावी गर्दै उनले भने–‘देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । हाम्रा विमति छन्, राजनितिक दलहरूसँग, हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिष्पर्धा गर्छौं । तर हामी सबैको आफ्नो स्पेश छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077