Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं विश्वकै शीर्ष ५ प्रदूषित सहर

काठमाडौं विश्वकै शीर्ष ५ प्रदूषित सहर

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । राजधानी काठमाडौँमा वायु गुणस्तर निकै दयनीय अवस्थामा पुगेको छ।

वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्ने संस्था (एक्यूआई) का अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ मापन गरिएको छ, जसले हावाको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको संकेत गर्छ ।

०–५० एक्यूआईलाई ‘राम्रो’, ५१–१०० लाई ‘मध्यम’ मानिन्छ भने १५१ माथिको सूचकांक स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।

आईक्यू एयरकै तथ्यांकअनुसार काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठन एक्यूआईको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको छ।

काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटी लगायत क्षेत्रमा सबैभन्दा बढी प्रदूषण मापन गरिएको छ।

प्रदूषण बढेसँगै चिकित्सक तथा विज्ञहरूले बाहिर मोर्निङ वाक वा व्यायाम नगर्न, झ्यालढोका बन्द राख्न, एयर प्युरिफायर प्रयोग गर्न र अत्यावश्यक परेमा मास्क लगाएर मात्र बाहिर निस्कन सुझाव दिएका छन्।

यसैबीच, विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा लाहोर रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077