Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्लाहीमा गगन थापालाई १२५ किलोको माला

सर्लाहीमा गगन थापालाई १२५ किलोको माला

शनिवार , फाल्गुण ९, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लाई सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने गोडैता नगरपालिकामा स्थानीयवासीले १ सय २५ किलोको फूलमाला लगाएर भव्य स्वागत गरेका छन्।

चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा मतदाताहरूले थापाप्रति उत्साहजनक समर्थन जनाउँदै मालाले स्वागत गरेका हुन्।

गोडैतास्थित मदरसामा आयोजित सभामा संक्षिप्त सम्बोधन गर्दै थापाले सर्लाही–४ मा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले मधेश क्षेत्रका दीर्घकालीन समस्याहरू समाधान गर्न आफू स्पष्ट योजना र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने बताए।

'जनताले दिएको विश्वासलाई व्यवहारमा खरो रूपमा उतार्नु मेरो पहिलो दायित्व हो,' उनले भने।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यसपटक क्षेत्रमै देखिने परिवर्तन र दिगो विकासको अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा सुधारसँगै युवाका लागि रोजगारी सिर्जना गर्न ठोस पहल आवश्यक रहेको धारणा राखे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077