Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

सहिदको रगत र सत्ताको खेल : जेनजी आन्दोलनको सत्य किन दबाइँदैछ ?

सहिदको रगत र सत्ताको खेल : जेनजी आन्दोलनको सत्य किन दबाइँदैछ ?

सोमवार , फाल्गुण ११, २०८२

गत भदौँ २३ गते सामाजिक सञ्जाल बन्द र भ्रष्ट्राचारविरुद्ध जेनजीहरु सडकमा उत्रिएका थिए । सोही दिन अपरान्ह शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर युवाहरुले ज्यान गुमाउनु पर्‍यो ।

दोस्रो दिन २४ गते आन्दोलनले झनै उग्र रुप लियो । उक्त दिन देशको संसद भवनदेखि लिएर न्यायसम्म जलेर खरानी भए । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छोडेर भाग्नुपर्‍यो ।

सरकारले सो जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । तर अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन । 

जेनजी आन्दोलन कसरी बन्यो हिंसात्मक ? 

१. भाद्र २३ गते मध्य दिनसम्म सिंगो देशको भावना बोकेर प्रदर्शन गर्ने असली जेनजी आन्दोलनकारी थिए ।

२. शान्तिपूर्ण आन्दोलन गर्न आएका ती जेन जीहरूलाई स्कुले ड्रेस लगाएर जे गर्दा पनि केही हुन्न भन्दै अगाडी लगाएर संसद भवन पुर्‍याउने र त्यहाँ तोडफोड गर्दै दमनलाई निम्ता दिएर ती असल जेनजीहरुले गोली खाने अवस्था बनाउने अराजक अपराधीहरू थिए जसले भाद्र २३ गते नै देशमा आतंककारी हमला गर्ने सोच राखेको थियो तर त्यहाँ घुसपैठ भएको देखेर बुझेर असली जेन जी अगुवाहरूले आफू पनि फर्कने अरूलाई पनि फर्काउने काम गरे पछि त्यो योजना त्यस दिन पुरा भएन ।

३. आतंककारी हमलाको आधार तयार पार्न जेनजीहरूलाई घेर्दै संसद भवन पुर्‍याएर अराजक अपराधीहरूले दमन निम्त्याएको सत्य हो र त्यो सँगै अर्को सत्य के भने त्यो समयमा संसद भवन सुरक्षामा खटिएकाले बल प्रयोग गर्दा अनुचित तवरले गरेकोले त्यति धेरै जेन जी युवाहरूको सहादत भयो जसले देशलाइ स्तब्ध बनायो अनि आतंककारीहरुलाइ भाद्र २४ गराउने बहाना मिल्यो ।

यदि त्यस दिन संसदको सुरक्षार्थ खटिएकाहरूले टाउकोमा र छातीमा गोली नहानेर अक्सर भिड नियन्त्रणमा जस्तै घुँडा मुनि मात्रै गोली हानेको भए देशका नव युवाहरूको ज्यान जाने थिएन र त्यो नभएको अवस्थामा आतंककारीहरुले भाद्र २४ को आतंककारी हमला गर्न गराउन सक्ने थिएनन् ।

४. जसले जे भनेको होस वा ठानेको होस तर सत्य के हो भने भाद्र २३ गते संसद भवन अगाडी जीवन गुमाउने ती नव युवाहरू सिंगो नेपालले सदैव सम्मानका साथ सम्झनु पर्ने माहान सहिदहरू हुन र तिनले न्याय पाउनु पर्छ । शान्तिपूर्ण आन्दोलन गर्न आएका उनीहरूलाई ब्यारीकेड तोड्न उक्साउँदै त्यहाँ सम्म पुर्‍याउने आतङ्ककारीहरू देखि अनुचित र अनावश्यक बल प्रयोग गर्ने र गर्न आदेश दिन जोसुकै होस तिनलाई मानवता विरुद्धको अपराधमा कारबाही गरिनु पर्छ ।

५. जब भाद्र २३ गते मध्य दिन सम्म शान्तिपूर्ण प्रदर्शन गर्दै रहेका जेन जी पुस्ताको योजना विपरीत गरिएको वा गराइएको अराजक गतिविधिले दमन निम्त्यायो अनि त्यसपछि त्यति धेरै युवाहरू सहिद भए त्यसपछि सिंगो देश स्तब्ध भएको मौका छोपेर भाद्र २४ को आतंककारी हमला मात्रै हैन त्यसपछि संसद, संविधान , राष्ट्रपति सहित सम्पूर्ण लोकतन्त्रका आधार समाप्त पार्ने योजना कार्यान्वयनमा ल्याइयो ।

६. हो आन्दोलनमा घुसपैठ गर्ने, कोहोरामको अवस्था सिर्जना गर्ने, त्यसपछि देश जलाउने काम जुन भयो त्यो काम आतंक हो अनि गराउने आतंककारी हुन् । हामीले यसो भन्दै गर्दा केही मानिस जानेर बुझेर अनि केही तिनै जानी बुझी अपराधको ढाक छोप गर्नेको झुट पत्याएर 'ओह हो जेनजीलाई आतंककारी भन्ने ?' भन्छन् ।

जेनजी आतंककारी थिएनन्, हैनन् र हुँदैनन् र उनीहरूलाई कसैले त्यसो भनेको पनि छैन तर फेरी जेनजीको सकारात्मकता, सृजनशीलता र सचेतनापूर्ण गतिविधिको पाटो हौँ भन्दै आफ्ना अराजक, आपराधिक र आतंककारी हर्कत छोपौँला भन्ने कसैले ठानेको छ भने त्यो चाहिँ दिवा सपना मात्रै हुनेछ ।

अतः घटनाक्रमहरूको विश्लेषण तथ्यमा टेकेर गर्दा मात्रै सबैलाई न्याय हुन्छ । जे होस अन्त्यमा फेरी यति त लेख्न नै पर्छ कि जेनजीलाई आतंककारी भने भन्दै आफ्नो आतंककारी गतिविधि लुकाउन खोज्ने जोसुकै जल्लाद र तिनका आका (मालिक)हरु हुन् तिनलाई जेनजीसहित सबै मिलेर एक न एक दिन राष्ट्रविरुद्धको कसुरमा मुद्दा लगाएर हाल्ने जेलमा नै हो ।

सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरू जलाउने काममा प्रत्यक्ष संलग्नहरू विरुद्धका मुद्दा फिर्ता गर्ने र अपराधी जोगाउने काममा महान्यायाधिवक्ता कार्यालय सक्रिय रहेको खबर छ । मुद्दा फिर्ता लिने, अनुसन्धान निस्तेज गर्ने र हदम्याद नघाउने र जोगिने जोगाउने खेलको भण्डाफोर गर्दै त्यसो गर्ने कार्यमा संलग्नहरूको मुखुण्डो उतार्न सबैले भूमिका खेलौँ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077