Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुर्खेत पुगेर गगन थापाले भने-  नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन

सुर्खेत पुगेर गगन थापाले भने-  नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन

बिहिवार , फाल्गुण १४, २०८२

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि कानुनी प्रावधान नै फेर्नुपर्ने बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गदै कर्णालीमा उत्पादित मार्सीधान र यार्सागुम्बाको गीत गाएर मात्रै विकास नहुने बताएका हुन् ।

केही दिनअघि वीरेन्द्रनगरमै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पुराना शक्तिका कारण कर्णाली पछि परेको टिप्पणी गरेका थिए ।

बालेनको उक्त कुराको जवाफ दिदैँ उनले भने- 'कर्णालीको यार्सागुम्बा, मार्सीधान र जडीबुटी भन्दै गीत गाएर मात्रै हुँदैन । अझै पनि ४० प्रतिशत गरिबी र बेरोजगारी बोकेर कर्णाली बसिरहेको छ रु यसको समीक्षा हुनुपर्छ । म आएपछि सबै ठिकठाक हुन्छ, पहिलाकाले गरेनन् भनेर भागेर मात्रै हुँदैन ।'

यसअघि कर्णालीबाट माओवादी पनि नयाँ भनेरै आए पनि केही नगरेको उनको भनाइ छ ।

नयाँ मात्रै भनेर केही नहुने तर्क गर्दै थापाले भने- 'हिजो कर्णालीमा गाउँगाउँमा भाषण गर्दा माओवादीले के भनेको थियो ? २३०–३५ वर्ष राज्य सत्ता लुटे, अब हामी आउँछौँ। सत्ता लिएपछि गणतान्त्रिक सत्तामा सबै चमत्कार हुन्छ भनेको होइन ? देखेको होइन ?, ‘नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन ।'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077