Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका केही नेता भ्रष्टाचारसँग जोडिएका छन्, छानबिन होस् : योगेश भट्टराई

एमालेका केही नेता भ्रष्टाचारसँग जोडिएका छन्, छानबिन होस् : योगेश भट्टराई

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी चुनावमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

शनिबार फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पार्टीभित्र धेरै कुरामा विमति भएपनि अन्तर्विरोधलाई थाती राखेर एकताबद्ध चुनावमा लाग्न आह्वान गरेका हुन् । 

उनका अनुसार, पार्टीले देशभर १६३ स्थानमा उम्मेदवार खडा गरेको छ र सबै उम्मेदवारलाई जिताउन पार्टी एक जुट हुनुपर्ने आवश्यकता रहेको छ ।

उनले भनेका छन्- 'पार्टीभित्र धेरै कुरामा हाम्रा विमति छन्,। तर अहिलेको अवस्थामा हामीले पार्टीभित्रका द्वन्द्वहरूलाई, अन्तर्विरोधहरूलाई थाती राख्ने समय हो। यतिबेला सिङ्गो नेकपा एमाले टुप्पीदेखि पैतालासम्म एकताबद्ध भएर नेकपा एमालेको विजयमा एक ठाउँमा उभिने बेला हो।'

उनले भदौ २३–२४ को जेनजी आन्दोलनमा उठाइएका सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको बताए ।


उनले भने- 'हाम्रो पार्टीका केही नेताहरू भ्रष्टाचारसँग जोडिएका छन् । यसबारे सत्य–असत्य छानबिन होस् । एमाले र नेताहरू छानबिनको दायराभन्दा बाहिर जानु हुँदैन । '

भट्टराईले विगतमा पार्टी भ्रष्टाचारसँग जोडिएको र सुशासनका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077