Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित

'सम्बन्धित देशमा जान विमानस्थलमा बसेका यात्रुलाई पनि घर फर्किन अनुरोध'

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । 

मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीचको तनावका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको हो ।

इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेपछि नेपालीको सुरक्षा चासोमा ध्यान दिदैँ सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी गराए ।  

उनले भने- 'परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि-पर्सि गएर उद्धार गर्नुप¥यो भने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेका छौंं। '

मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको बताए।

साथै सरकारले तनाव बढ्दै गएको खण्डमा नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।

त्यस्तै सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान समेत अनुरोध गरिएको छ । 

इजरायल र अमेरिकाले शनिबार इरानमा मिसाइल आक्रमण गरेपछि इरानले पनि जवाफ दिदैँ मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा मिसाइल आक्रमण गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077