काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।
निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।
यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । उनले भने–‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ । मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।