Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी मैदानमा ७ पूर्वप्रहरी, सईदेखि एआईजीसम्म सांसद बन्दा पूर्वआईजीपीद्वय पराजित

चुनावी मैदानमा ७ पूर्वप्रहरी, सईदेखि एआईजीसम्म सांसद बन्दा पूर्वआईजीपीद्वय पराजित

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुई तिहाइ नजिक छ । यो समाचार तयार पार्दासम्म रास्वपाले प्रत्यक्षतर्फ ११९ क्षेत्रमा जित हाँसिल गरिसकेको छ भने ६ वटा क्षेत्रमा अझै अग्रता कायम राखिरहेको छ । 

नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हाँसिल गर्दा एमाले भने ७ क्षेत्रमा विजयी भएर ३ क्षेत्रमा अग्रता कायम गरिरहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा_ले ७ क्षेत्रमा जित हाँसिल गर्दा १ क्षेत्रमा अग्रता कायम गरेको छ । 

यो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ क्षेत्रमा मात्रै विजयी भएको छ । स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हाँसिल गर्दा श्रम संस्कृति पार्टीले तीन वटा क्षेत्रमा जित हाँसिल गरेको छ । 

प्रतिनिधिसभा निर्वाचन २०८२ मा पूर्व प्रहरी अधिकारीहरु पनि चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा रहेका ७ जना पूर्वप्रहरीहरुमध्ये ५ जना विजयी भएका छन् भने २ जना पराजित भए । सबैभन्दा अचम्म त के छ भने पूर्वआईजीपी लगातार तेस्रो पटकसम्म पराजित हुँद पाँच पूर्वप्रहरी अधिकारीहरु पहिलो पटकमै सांसद बने । 

तेस्रो पटक चुनावी मैदानमा उत्रिएका पूर्वआईजीपी सर्वेन्द्र खनाल यो पटक पनि पराजित भए । पूर्वआईजीपी खनाल बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लडेका थिए । खनाल समुन्नत नेपाल पार्टीका सभापति हुन् ।

समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर चुनावमा होमिए पनि उनी सफल हुन सकेनन् । २६ औँ आईजीपी खनाल यसअघि नेकपा एमालेबाट काठमाडौँ–६ र तनहुँमा निर्वाचन लडेका थिए ।

बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अन्सारीले ४१ हजार २०० मत ल्याएर निर्वाचित हुँदा खनालले जम्मा २७१ मत पाए । 

प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा थिए । २०७९ मा भएको निर्वाचनमा प्रधान सो क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेर कानून मन्त्रीसमेत भइसकेका प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष हुन् ।  नेपाल प्रहरीका १५ औँ महानिरीक्षक उनी २०५३ देखि २०५४ मंसिरसम्म प्रहरीको नेतृत्वमा थिए ।

प्रधान यो पटक भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भए । गुप्ता ४४ हजार १३८ ल्याएर विजयी हुँदा प्रधानले ४ हजार ६९१ मात्रै मत पाए । 

त्यसैगरी, ओखलढुंगामा रास्वपाबाट चुनावी मैदानमा उत्रिएका पूर्वएआईजी विश्वराज पोखरेल ५ मतको अन्तरमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् ।
पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् भने काँग्रेसका कुमार लुईटेलले १३ हजार ९४८ प्राप्त गरे । 

त्यसैगरी काठमाडौं महानगरपालिकाको सुरक्षा प्रमुखबाट राजीनामा दिएर रास्वपाबाट चुनावी मैदानमा होमिएका पूर्वएसएसपी राजुनाथ पाण्डे काठमाडौं–३ बाट विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। 

पूर्व डिआईजी गोविन्द पन्थी पनि पहिलो पटकमै सांसद बने । रास्वपाबाट चुनावी मैदानमा उत्रिएका उनी गुल्मी क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्।

पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । रास्वपाका पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६, ४०६ मत प्राप्त गरे।

त्यसैगरी पूर्वसई पनि प्रतिनिधिसभाका सांसद बने ।  झापा क्षेत्र नम्बर ४ मा रास्वपाबाट उम्मेदवारी दिएका पूर्वसई शम्भुप्रसाद ढकाल निर्वाचित भएका हुन् । ढकालले ४३ हजार ६ सय ३१ मत ल्याउँदै जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लालप्रसाद साँवा लिम्बुले ११ हजार ९ सय ८६ मत पाए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077