रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उम्मेदवार रहेका रुकुम पूर्वमा मतगणना सुरु भएको छ ।
गएराति सबै निर्वाचन स्थालबाट मतपेटिका संकलन कार्य सम्पन्न भएपछि बिहानपख सर्वदलीय बैठक बसेर निर्णय गरेर गणना सुरु भएको बताइएको छ ।
कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा १८ हजार ६ सय ४ अर्थात करिब ५१ प्रतिशत मत खसेको थियो ।
जम्मा ४४ मतदानस्थलमा १ अस्थायीसहित ५७ मतदान केन्द्र रहेको रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. १ पाखापानी र पुथाउत्तरगंगा गाउँपालिका वडा नं.२ को हार्दिबाङ र पेल्माबाट हेलिकप्टरमा हिजो साँझ नै मतपेटिका सदरमुकाम ल्याइएको थियो भने बाँकी मतपेटिका रातभरीमा संकलन गरिएको थियो।