Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कास्की-३ मा रास्वपाकी गुरुङ विजयी

कास्की-३ मा रास्वपाकी गुरुङ विजयी

शुक्रवार , फाल्गुण २२, २०८२

कास्की । कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।

शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले हराउँदै विजय हासिल गरेकी हुन्।

विजयी गुरुङले ३१ हजार १ सय १२ मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे। उनले दोब्बरभन्दा बढी मतको अग्रता बनाएकी हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५ सय ३३ र उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४ सय १० मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077