Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रसुवामा कांग्रेसका मोहन आचार्यको तेस्रो जित

रसुवामा कांग्रेसका मोहन आचार्यको तेस्रो जित

शुक्रवार , फाल्गुण २२, २०८२

रसुवा । रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले रसुवा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा लगातार तेस्रोपटक विजय हासिल गरेका छन्।

मुख्य निर्वाचन अधिकृत धुव्रकुमार उप्रेतीका अनुसार आचार्यले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी बसन्त भट्ट ले ५ हजार ५ सय ७१ मत पाए भने प्रेमबहादुर तामाङ ले ४ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्।

४८ वर्षीय आचार्य रसुवा जिल्ला को उत्तरगया गाउँपालिका निवासी हुन्। उनले यसअघि पनि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका थिए।

२०७९ को निर्वाचनमा उनले तत्कालीन नेकपा माओवादी केन्द्र सँगको गठबन्धनबाट १८ हजार २३५ मत प्राप्त गर्दै जित निकालेका थिए।

आचार्यले २०४८ सालमा नेपाल विद्यार्थी संघ मा आवद्ध भएर सक्रिय राजनीति सुरु गरेका थिए।

त्यसपछि २०७२ मा नेपाली कांग्रेस को महासमिति सदस्य र २०७८ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077