Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की बिजयी

ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की बिजयी

शनिवार , फाल्गुण २३, २०८२

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की बिजयी भएकी छिन् ।

आफ्नो प्रतिद्वन्दीलाई भारी मतान्तरले हराउँदै कार्कीले जित निकालेकी हुन् ।

तोसिमाले ४३ हजार ९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत पाएका छन्।

नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याउँदा नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत पाएका छन्। 

यस्तैै राप्रपाका सविनकुमार खड्काले २ हजार ३७ मत पाए भने श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १ हजार ४७२ मत पाएका छन्।

निर्वाचित भएपछि तोसिमाले विजयी प्रमाणपत्रसमेत लिएकी छन्। २०७९ को निर्वाचनमा पनि डा। कार्की सो क्षेत्रबाट विजयी भएकी थिइन्। 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077