Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाका गणेश कार्की निर्वाचित, सुनिल शर्मा पराजित

रास्वपाका गणेश कार्की निर्वाचित, सुनिल शर्मा पराजित

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्की निर्वाचित भएका छन्। 

निर्वाचन आयोगका अनुसार, रास्वपाका कार्की ३६ हजार ९२४ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले २४ हजार २५४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९, नेकपा (एमाले)का इरनकुमार राईले ७ हजार ७५२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डा. देउमान सम्वाहाङफेले १ हजार २५९ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077