Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । जवाफदेहिता निगरानी समितिले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।

समितिले आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकले जानकारी पाउने अधिकारको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको जनाएको छ।

'प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको व्यक्तिगत निर्णयको विषय नभई, आम नागरिकले पाउने संविधान प्रदत्त अधिकारसँग सम्बन्धित रहेको छ। छानबिन प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउनु सरकारको दायित्व हो,' समितिका संयोजक  चापागाईँद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि जेनजी अलायन्स फर मोनार्कीले जेनजी प्रर्दशनको घटना सम्बन्धी प्रतिवेदन सरकारको हातमा पुगिसकेको उल्लेख गर्दै अब कुनै बहाना नगरी नेपाली जनतासमक्ष सार्वजनिक गर्न सरकारलाई २४ घण्टेअल्टिमेटम दिएको थियो ।

आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएकी थिइन । 

मूल करिब नौ सय पृष्ठको रहेको र अनुसूचीहरूसमेत गरेर गरेर १० हजार बढी पृष्ठ रहेको उक्त प्रतिवेदनमा २ सय बढीको बयान छ ।

उक्त प्रतिवेदनमा तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थमाथि कारबाही समेत सिफारिस भएको बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077