Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओलीमाथिको विदेश भ्रमण र स्थान हद फुकुवा

ओलीमाथिको विदेश भ्रमण र स्थान हद फुकुवा

सोमवार , पौष २१, २०८२

काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ ।

भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले ओलीको बयान लिएसँगै उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरूलाई स्थान हद लगाएको थियो। पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा पनि स्थान हदमा थपिएका थिए।

कात्तिक २६ गते आईजीपीबाट अवकास भए लगत्तै चन्द्रकुवेर खापुङलाई पनि स्थान हद लगाएको थियो। उनीहरूलाई विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न आयोगले सरकारलाई भनेको थियो।

पूर्व गृहसचिव दुवाडी, पूर्व आईजीपी खापुङ र पूर्व प्रमुख जिल्ला अधिकारी रिजालको स्थान हद फुकुवा गर्ने निर्णय पुस ७ गते भएको थियो। त्यसपछि पनि ओली र लेखकको भने स्थान हद कायम थियो।

जाँचबुझ आयोगले गत बिहीबार लेखकको थियो भने आज ओलिको पनि स्थान हद फकुवा गरिएको छ ।

जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै बयान नदिने बताउदै आएका ओलीले आइतबार मात्रै जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित भनाइ पेस गरेका थिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077