Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलात्कार मुद्दामा पक्राउ परेका इन्सपेक्टर धरौटीमा छुटे

बलात्कार मुद्दामा पक्राउ परेका इन्सपेक्टर धरौटीमा छुटे

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । बलात्कार मुद्दामा परेका चितवनका इन्स्पेक्टर प्रदिप महत धरौटीमा छुटेका छन्।

इलाका प्रहरी कार्यालय, खैरहनीका इन्सपेक्टर महत मंगलबार २ लाख धरौटीमा छुटेका हुन्। 

एक युवतीको जाहेरीका आधारमा उनी तीन साताअघि पक्राउ परेका थिए। विवाह गर्ने प्रलोभनमा शारिरीक सम्बन्ध राखेको आरोप लगाउँदै एक युवतीले उनीविरुद्ध जाहेरी दिएका थिए।

जिल्ला अदालत, चितवनका न्यायाधीश केदारनाथ पौडेलको इजलासले उनी धरौटीमा छुटेका हुन्।

सामान्यतया बलात्कार मुद्दामा धरौटीमा नछुट्नेमा बलियो प्रमाण नभएपछि महत छुटेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077