Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्धन र ग्यास अनावश्यक नथुपार्न आयल निगमको चेतावनी

इन्धन र ग्यास अनावश्यक नथुपार्न आयल निगमको चेतावनी

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यास आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर नभर्न, अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा सम्भव भएसम्म ग्यासको सट्टा बिजुलीको प्रयोग बढाउन अनुरोध गरेको हो।

नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा निर्भर रहेको अवस्थामा खपतमा केही सुरक्षात्मक व्यवस्था गर्न आवश्यक देखिएको निगमले जनाएको छ।

निगमका अनुसार अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, बढी मूल्य लिएर ग्यास वा पेट्रोलियम पदार्थ बिक्री गरेको तथा नयाँ सिलिन्डरको अवैध बजारीकरण गरेको पाइएमा कडा कारबाही गरिनेछ।

निगमले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वमा देखिएको तनावपूर्ण परिस्थितिका कारण विश्व बजारमा पर्ने प्रभावबाट नेपाल पनि प्रभावित हुन सक्ने उल्लेख गर्दै आवश्यक मात्रामा इन्धन र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरिएको छ।

यद्यपि, निगमले हाल इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ।

साथै औद्योगिक क्षेत्रमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत घटाउनेतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077