Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

भोलिबाट आधा भरिएको ग्यास वितरण हुने, मूल्य पनि आधा

भोलिबाट आधा भरिएको ग्यास वितरण हुने, मूल्य पनि आधा

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने (एलपी) ग्यास आधा सिलिन्डर मात्रै उपलब्ध गराउने भएको छ। 

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शुक्रबारदेखि आधा सिलिन्डर मात्रै ग्यास बेच्ने निर्णय गरेको हो ।

निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यास आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकता भन्दा बढी परिणाममा ग्यास सिलिन्डर भण्डार गर्न थालेका कारण यसो गर्नुपरेको हो। 

'एलपी ग्यास अभाव नै हुने गरी आपूर्ति घटेको छैन तर मध्यपूर्वमा उत्पन्न संकटका कारण उपभोक्तताले यहाँ पनि ग्यास अभाव हुने हो कि भनेर भण्डारण गर्न चाहेको देखिन्छ,’ उनले भने। आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय शुक्रबारदेखि नै लागु हुने र अर्को सूचना जारी नभएसम्म यही प्रक्रिया चलिरहने भट्टले बताए ।  

भट्टले इन्डियन आयल निगम (आइओसी)ले आपूर्ति घटाइएको भनेर औपचारिक रुपमा जानकारी नगराएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077