Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमालेको वर्तमान शैलीलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरे : सुरेन्द्र पाण्डे

एमालेको वर्तमान शैलीलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरे : सुरेन्द्र पाण्डे

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयपछि नेतृत्वले कार्यकर्तामाथि कारबाही गर्ने धम्की दिनु नैतिक रूपमा उचित नहुने टिप्पणी गरेका छन्।

नेता पाण्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जनताले मतपत्रबाटै पार्टी नेतृत्वलाई कठोर सन्देश दिइसकेको अवस्थामा सत्य बोलेको आधारमा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनु बुद्धिमानी नहुने बताएका हुन् ।

प्रतिनिधि सभाको निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर नतिजा बेहोरेपछि पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रैका केही नेता तथा कार्यकर्ताले दबाब दिइरहेका छन् ।

यता ओली निकट नेताहरूले भने सामाजिक सञ्जाल वा अन्य माध्यमबाट नेतृत्वको आलोचना गर्नेहरूमाथि कारबाही गर्न सकिने चेतावनी दिएका छन्।

यही सन्दर्भमा पाण्डेले नेतृत्वको नैतिक आधारबारे प्रश्न उठाएका हुन्।

उनले लेखेका छन्, 'जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेकोआधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला?'

पाण्डेले निर्वाचनको नतिजालाई षड्यन्त्र वा अन्तर्घात भन्दै पन्छाउन खोज्नु गलत हुने बताए। उनका अनुसार अन्तर्घात भए पनि त्यसले ५–१० हजार मतसम्मको असर पार्न सक्छ, तर ४०–५० हजार मतान्तरलाई अन्तर्घात भनेर व्याख्या गर्नु जनताको निर्णयको अपमान हुने तर्क गरे।

उनले एमालेले अब पार्टीको संरचना र कार्यशैली नै पुनःसंरचना (रिसेट) गर्नुपर्ने बेला आएको बताएका छन्।
पाण्डेले भने, '
यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरेको सन्देश हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077