Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

समानुपातिकको नाम टुंगो लगाउन रास्वपाको बैठक सुरु, सहभागी भएनन् बालेन

समानुपातिकको नाम टुंगो लगाउन रास्वपाको बैठक सुरु, सहभागी भएनन् बालेन

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालय बैठक सुरू भएको छ।

बैठक केहिबेर अघिदेखि केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका छन्। 

निर्वाचन आयोगले यसअघि तीन दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको थियो । सोही अनुसार रास्वपाले सचिवालय बैठक मार्फत् उक्त सूची बुझाउन लागेको हो ।

आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने सूची तय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै बैठकमा पार्टीभित्रको वर्तमान व्यवस्थापन र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रत्यक्षमा १२५ सिटसहित पहिलो भएको रास्वपाले समानुपातिकमा समेत ५७ सिट जितेको छ ।

यता पार्टीका वरिष्ठ नेता एवम पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका दाबेदार बालेन्द्र साह (बालेन) भने बैठकमा सहभागी छैनन् ।

रास्वपासंगको एकतापछि अहिलेसम्म कुनै औपचारिक बैठकमा बालेन सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेरमात्रै सहभागी गराउने पार्टीको तालिका छ । 

पार्टीले अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर संसदीय दलको नेता बनाउनेछ । त्यसपछि मात्रै हुने पार्टीको औपचारिक बैठकमा सहभागी हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077