Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपभोक्ता मञ्चले भन्यो- आयल निगमको असक्षमताले ग्याँस अभाव भयो, व्यापारीले लुकाएका छैनन्

उपभोक्ता मञ्चले भन्यो- आयल निगमको असक्षमताले ग्याँस अभाव भयो, व्यापारीले लुकाएका छैनन्

सोमवार , चैत्र २, २०८२

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको जनाएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका हुन् ।

निर्देशक तिवारीले बजार अनुगमनका क्रममा ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केही सञ्चय गरेको देखिएको पनि व्यापारीले ग्यास लुकाएको नभेटिएको उल्लेख गरे ।

उनले दैनिक १३० बुलेट ग्यास आउँदा पर्याप्त हुने भए पनि हाल दैनिक ९० बुलेट मात्रै ग्यास आउने गरेको जानकारी विभागमा प्राप्त भएको बताए । 

उनले नेपालमा खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गरे । 

यतिबेला बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ। ग्यास डिपो र उद्योगहरू बाहिर आधा सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ता बिहानैदेखि लाइनमा बस्न बाध्य छन्। 

यद्यपि आयलले निगमले भने मागअनुसार शतप्रतिशत ग्यास आपूर्ति भइरहेको भन्दै विज्ञप्ति जारी गर्दै आइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077