Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

बुधवार , चैत्र ४, २०८२

संखुवासभा । संखुवासभाबाट एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

मकालु गाउँपालिका-१ की २८ वर्षीया सरू राईको अवस्था अचानक गम्भीर बनेपछि हवाई उद्धार गरिएको हो। 

बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत प्रसूति सेवा दिइएकी राईको स्वास्थ्य अवस्था उपचारकै क्रममा बिहान १० बजेदेखि एक्कासी बिग्रिएको अस्पतालले जनाएको छ।

अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो।

 प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077