Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुलिस क्लवले लगातार दोस्रोपटक जित्यो जय ट्रफीको उपाधि

पुलिस क्लवले लगातार दोस्रोपटक जित्यो जय ट्रफीको उपाधि

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक जय ट्रफी एलिट कप दुई दिवसीय प्रतियोगिताको उपाधि जितेको छ । 

बिहीबार पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फाइनलमा चार विकेटले पराजित गर्दै दोस्रोपटक उपाधि उचालेको हो ।

पुलिसले यसअघिको संस्करणमा पनि आर्मीलाई नै २८ रनले पराजित गर्दै उपाधि जितेको थियो । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेटको क्षतिमा पूरा गर्यो। पुलिसको जितमा रसिद खान र कुशल भुर्तेलले उत्कृष्ट पारी खेले।

रसिद ८१ रनमा आउट हुँदा कुशलले ५१ रनको योगदान गरे। दुवैले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।  

दिनेश खरेलले २५ रन बनाउँदा दिल्साद अली ३१ र शंकर राना १३ रनमा नटआउट रहे । क्याप्टेन आरिफ शेख १४ रनमा आउट भए। 

आर्मीका लागि पवन कार्की र शहाब आलमले समान २ तथा आकाश चन्द र भीम सार्कीले समान एक विकेट लिए।  

यसअघि ९ विकेटको क्षतिमा १७८ रनबाट बिहीबार तेस्रो दिनको खेल थालेको आर्मी २२६ रनमा अलआउट भएको थियो। आकाश चन्दले ३७, कुशल मल्लले ३६, शहाब आलमले ३३ र सोमपाल कामीले नटआउट २३ रन बनाए।

पुलिसका लागि सागर ढकालले ४ तथा करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए।  पहिलो इनिङसमा आर्मी र पुलिसले समान २२१ रनको योगफल तयार पारेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077