Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहा बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

शुक्रवार , चैत्र ६, २०८२

सिरहा । सिरहामा बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटना अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखिपुर नगरपालिका-३ का गुमस्ता यादव रहेका छन् ।

गएको फागुन २७ गते सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । 

उक्त विस्फोटमा परी सिरहा नगरपालिका-१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए। विस्फोटबाट कार्यालयका कम्प्युटरलगायतका सामग्रीको समेत क्षति पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत सिरहा अगाडि नै यादवले कार्यालय खोलेर लेखापढी व्यवसाय गर्दै आएका थिए । 

उनलाई शंकाका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिप्रकाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले भने- 'हामीले शंका आधारमा एक जनालाई पक्राउ गरी चार दिनदेखि अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077