Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायबीच तनाव, अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायबीच तनाव, अनिश्चितकालीन निषेधाज्ञा

शनिवार , चैत्र ७, २०८२

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान मन्दिरमा भजन गाउँदा हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो ।

राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म तोकिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077