Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

आइतवार , चैत्र ८, २०८२

कञ्चनपुर। कञ्चनपुर कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् ।

घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गर्दा विष्ट घाइते भएका हुन् । 

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।

घाइते विष्टले कारागारभित्रै लागुऔषधको कारोबार भइरहेको खबर नाइकेलाई  दिँदा आफूमाथि आक्रमण भएको बताएका छन् ।

प्रहरीका अनुसार दुवै कैदीबन्दी लागुऔषध मुद्धामा कारागार चलान भएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077