Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको विस्तृत प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरिएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर उक्त प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझाउने कार्यक्रममा आयुक्तहरू जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा गृहमन्त्री तथा कानुनमन्त्रीसमेत सहभागी रहेका थिए। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रिया, मत परिणाम, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विस्तृत विवरण समेटिएको प्रतिवेदन सरकारसमक्ष पेश गरेको जनाएको छ।

आयोगका अनुसार प्रतिवेदनमा मतदान प्रक्रिया, मतगणना, सुरक्षा व्यवस्थापन, निर्वाचन खर्च, तथा विभिन्न चरणमा अपनाइएका व्यवस्थापकीय उपायहरूको समग्र समीक्षा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077