Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राप्रपा नेता लोहनीले दिए राजीनामा

राप्रपा नेता लोहनीले दिए राजीनामा

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अपेक्षाअनुसार नआएको भन्दै उनले जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका हुन्।

उक्त निर्वाचनमा पार्टीको प्रदर्शन इतिहासकै कमजोर रहेको उल्लेख गर्दै लोहनीले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको बताएका छन्।

उनले निर्वाचन परिणामलाई गम्भीर रूपमा लिएर पार्टी नेतृत्वले समग्र समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

'हामी फरक ढंगले जनतामाझ गएका थियौँ, तर अपेक्षित जनमत प्राप्त भएन। अब नेतृत्वसहित सबै तहका नेता–कार्यकर्ताले आत्मसमीक्षा गरी कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ,' उनले भने।

लोहनीले दिएको राजीनामा पार्टी कार्यालयमा दर्ता भइसकेको छ। साथै, उनले वर्तमान कार्यसमिति भंग गरी तदर्थ समिति गठन गरेर छिट्टै महाधिवेशन गर्नुपर्ने माग पनि अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077