Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कालोपुलबाट २६ तोला सुनचाँदीसहित नगद चोर्ने दुई जना पक्राउ

कालोपुलबाट २६ तोला सुनचाँदीसहित नगद चोर्ने दुई जना पक्राउ

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । काठमाडौंको कालोपुलबाट सुनका गरगहना, चाँदी र नगद चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बूढानिलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निरज सापकोटा रहेका छन् ।

यही ६ चैत गते काठमाडौंको कालोपुलस्थित एक घरबाट उनीहरुले २६ तोला ८ आना, ३३ हजार मूल्यका चाँदीका गरगहना र नगद चोरी गरेका थिए।

चोरी भएको उजुरीका आधारमा उनीहरुलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुको साथबाट चोरीका सुनचाँदीका गरगहना र नगद २ लाख ४९ हजार रुपैयाँ बरामद भएको छ ।

साथै चोरी गर्न जाँदा प्रयोग भएका खुकुरी, रड, तरबार, होण्डा स्कुटर पनि बरामद भएको छ । 

पक्राउ परेका खत्री र सापकोटामाथि कारर्बाही तथा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077