Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तारकेश्वरमा करिब ३४ लाख बराबरको धनमाल चोरी

तारकेश्वरमा करिब ३४ लाख बराबरको धनमाल चोरी

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-६ पैयुँटारस्थित एक घरमा धनमाल चोरी भएको छ।

बिहीबार दिउँसो डेरा गरी बस्दै आएकी नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद चोरी भएको हो। 

उक्त घटनामा करिब ३३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल हराएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी गर्नुका साथै घटनासम्बन्धी अनुसन्धान अघि बढाएको बताएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077