Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्स्पेक्टर रेशमले सम्हाले कैलाली ट्राफिकको जिम्मेवारी

इन्स्पेक्टर रेशमले सम्हाले कैलाली ट्राफिकको जिम्मेवारी

बिहिवार , चैत्र १२, २०८२

धनगढी । प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले जिल्ला ट्राफिक कार्यलय कैलालीको जिम्मेवारी सम्हालेका छन् ।

उनले मंगलबारबाट कैलाली ट्राफिकको कमाण्ड सम्हालेका हुन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा कार्यरत रहेका आचार्यलाई प्रहरी प्रधान कार्यालयले कैलाली ट्राफिकको जिम्मेवारी दिएको हो ।

यसअघि कैलाली ट्राफिकको नेतृत्व सम्हालिरहेका प्रहरी निरीक्षक चक्रबहादुर देउवा भने सरुवा भई नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर पठाइएका छन् ।

कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका इन्स्पेक्टर आचार्यले ट्राफिक अनुशासन कडाइका साथ लागू गर्ने, दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिने र सेवाग्राहीमैत्री कामलाई प्राथमिकता दिने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077