Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहायक हवल्दार जोशी सम्मानित

सहायक हवल्दार जोशी सम्मानित

मंगलवार , पौष २२, २०८२

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवल्दार हेमराज जोशीलाई उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको छ ।

ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी–केन्द्रित सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले जोशीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

जोशीले विद्यालयस्तरमा सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि, ट्राफिक नियम पालना तथा सुरक्षित यात्राबारे निरन्तर रूपमा जनचेतना फैलाउँदै आएका छन् ।

सहायक हवल्दार जोशी धनगढीको ट्राफिक व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । सुदूरपश्चिमको सबैभन्दा व्यस्त रहने धनगढीका सडकहरुमा जोशीलाई ट्राफिक व्यवस्थापन गरिरहेको देख्न सकिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077