Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राखेपको निलम्बनपछि एन्फा निर्वाचन स्थगित

राखेपको निलम्बनपछि एन्फा निर्वाचन स्थगित

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को तय भएको निर्वाचन अन्ततः स्थगित गरिएको छ।

निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन रोकिएको जनाएको हो।

शुक्रबारका लागि तय गरिएको निर्वाचन अन्तिम क्षणमा आएर स्थगित भएपछि फुटबल वृत्तमा अन्योल बढेको छ।

निर्वाचन स्थगित हुनुको मुख्य कारण भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णय बनेको छ। राखेपले बुधबार बेलुका एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै एन्फाको गतिविधि नै प्रभावित बनेपछि निर्वाचन प्रक्रिया पनि अघि बढ्न नसकेको हो।

एन्फाको निलम्बनले नेपाली फुटबल प्रशासनमा गम्भीर संकट सिर्जना गरेको विश्लेषण गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077