Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिशोधले देश जलाउने मात्रै हो, सुशासन स्थापना गर्दैन : नैनसिंह महर

प्रतिशोधले देश जलाउने मात्रै हो, सुशासन स्थापना गर्दैन : नैनसिंह महर

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले एकपक्षीय कारबाहीले सुशासन स्थापना नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महरले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले दोषीलाई लुकाएर एक पक्षलाई मात्र लक्षित गरी गरिने कारबाहीले न्याय र सुशासनको मर्म विपरीत हुने उल्लेख गरे।

महरले लेखेका छन्,'दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन। जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन्।'

उनले राज्यले कानुन मिच्दै अघि बढे प्रतिशोधको राजनीति झन् चर्किने र त्यसले देशलाई अस्थिरतर्फ धकेल्ने चेतावनी दिएका छन्।

उनले भने,'राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो। चेतना भया !'

साथै, उनले अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

भदौ २३ र २४ गतेका घटनामा योजनाबद्ध रूपमा घुसपैठ गरी ध्वंस मच्चाउने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077