Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट’

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट’

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार समेत गरेको छ ।

लाठी प्रहारका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको हो । 

गत २३ र २४ भदौमा जेनजेड आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र काँग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको छ ।

सुरक्षा स्थिति नियन्त्रणका लिन सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077