काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेका ७ जना कार्यकर्ता परेका छन्।
सिंहदरबारको दक्षिणगेटमा निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
बबरमहलबाट चार र सिंहदबार प्रवेश गर्ने मुख्य गेट आसपास क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
नियन्त्रणमा लिइएका सात कार्यकर्तालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन् । हाल स्थिति सामान्य भइसकेको भट्टराईले जानकारी दिए ।
आज एमाले कार्यकर्ताले माइतीघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढेका थिए । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए । उनीहरूलाई प्रहरीले लाठी प्रहार रकेही सेल अश्रुग्यास प्रहार गरी तितरबितर पारेको थियो ।