Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले प्रदर्शनमा पक्राउ परेका ७ मध्ये ६ जना रिहा

एमाले प्रदर्शनमा पक्राउ परेका ७ मध्ये ६ जना रिहा

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये ६ जनालाई रिहा गरिएको छ। 

२३ भदौको आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध प्रदर्शन गरेका थिए । सोहि क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका ७ जनामध्ये ६ जनालाई छाडिएको हो।

प्रदर्शनका क्रममा पक्राउ परेका विमल धमला नामका एक व्यक्तिलाई भने हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार धमला प्रदर्शनका क्रममा गाडी तोडफोडमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

त्यसैगरी, धमलाविरुद्ध दुई वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि रहेको प्रहरीले जनाएको छ। उनलाई कानुनी म्याद लिएर थप अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077