Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् । 

सेवाग्राहीलाई हैरानी दिँदै ‘फास्ट ट्रयाक’मा काम गरिदिने भन्दै रकम असुली गर्ने गिरोहविरुद्ध प्रहरीले अपरेशन नै चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै छिटो काम गरिदिने बहानामा रकम लिने गरेका थिए ।

यस्तो गतिविधिबारे पटक–पटक गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077