काठमाडौं । काठमाडौंका विभिन्न यातायात कार्यालयमा बिचौलिया बनेर हैरानी दिएको आरोपमा १६ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार विभिन्न यातायात कार्यालय आसपास सक्रिय समूहले छिटो सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने र प्रक्रियामा बाधा सिर्जना गर्ने गरेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।
उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई काठमाडौंका सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट प्रहरी वृत्त स्वयम्भू र थानकोटबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
कारबाहीका क्रममा उनीहरूबाट नगद रु. १ लाख २२ हजार र ५३ थान बिलबुकसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
यसअघि सोमबार पनि प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सेवाग्राहीलाई हैरानी दिँदै ‘फास्ट ट्रयाक’मा काम गरिदिने भन्दै रकम असुली गर्ने १५ जनाको गिरोहलाई पक्राउ गरेको थियो ।
को–को परे पक्राउ ?
प्रहरी वृत्त स्वयम्भूले सानोभर्याङ स्थित यातायात कार्यालयबाट पक्राउ गरेका मानिसहरू
१. जिल्ला रौतहट घर भएको वर्ष ३६ को बल ब.सुनार
२. जिल्ला रामेछाप, उमाकुण्ड गाउँपालिका ४ घर भएको वर्ष ३९ को विज्ञान राई
३. जिल्ला काठमाडौँ, तारकेश्वर नगरपालिका ९ घर भएको वर्ष ३१ को संजय राजवाहक
४. जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका १ रानिवन घर भएको वर्ष ३६ को विमल तामाङ
५. जिल्ला रामेछाप, खाँडादेवी गाउँपालिका ७ घर भएको वर्ष ३५ को रमेश कार्की
६. जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ घर भएको वर्ष ६० को सुमन प्रसाद श्रेष्ठ
७. जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भएको वर्ष ३९ को उद्धव खनाल
८. जिल्ला धादिङ, नीलकण्ठ नगरपालिका ५ घर भएको वर्ष ३६ की कल्पना लम्साल
प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट पक्राउ गरेका मानिसहरू
१. जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका १४ कुलेश्वर घर भएको वर्ष २५ को पासाङ तामाङ
२. जिल्ला काभ्रे, तेमाल गाउँपालिका ८ घर भएको वर्ष ३० को शुनिल लामा
३. जिल्ला काठमाडौँ, चन्द्रागिरि नगरपालिका ६ घर भएको वर्ष २३ को सुदिप मगर
४. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २० को बुद्ध तामाङ
५. जिल्ला मकवानपुर, थाहा नगरपालिका ९ घर भएको वर्ष २६ को सुमेश नेपाली
६. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २४ को अमन तामाङ
७. जिल्ला बझाङ, तलकोट गाउँपालिका ४ घर भएको वर्ष १८ को उज्वल सिंह
८. जिल्ला मोरङ, केराबारी गाउँपालिका ५ घर भएको वर्ष २६ को दिलीप राई