काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिएका छन् ।
उनले बुधबार अपरान्ह साढे ४ बजे इमेलमार्फत राजीनामा पत्र मन्त्रालयमा पठाएका हुन् ।
आचार्यलाई तत्कालीन सरकारले २०८१ पुसमा राखेपको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
नेकपा एमाले पार्टीसँग आबद्ध आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।