Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हवाई इन्धन दोब्बर महँगियो : बढ्यो भाडा, यात्रु मारमा

हवाई इन्धन दोब्बर महँगियो : बढ्यो भाडा, यात्रु मारमा

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य एक्कासि दोब्बरभन्दा बढी बढाएपछि वायुसेवा कम्पनीहरूले उडान तथा हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।

निगमले यसअघि प्रति लिटर १,२४० रुपैयाँ कायम रहेको हवाई इन्धनको मूल्य बढाएर २,५११ रुपैयाँ पुर्‍याएको हो । मूल्यवृद्धिसँगै वायुसेवा सञ्चालक संघमा आबद्ध कम्पनीहरूले भाडा दर तत्कालै परिमार्जन गरेका छन् ।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार हवाई इन्धनको मूल्यमा हुने परिवर्तनसँगै यात्रु भाडा स्वतः समायोजन गर्ने अभ्यास रहँदै आएको छ।

इन्धन मूल्य वृद्धि भएपछि हवाई सेवा महँगो बन्ने निश्चित भएको छ। विशेष गरी दुर्गम क्षेत्रका यात्रुहरू र हेलिकप्टर सेवा प्रयोग गर्नेहरू बढी प्रभावित हुने देखिएको छ।

संघले मूल्यवृद्धिका कारण यात्रुहरूमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै इन्धन मूल्य घटेमा भाडा पनि सोहीअनुसार घटाइने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077