Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शेखर कोइरालाले भने-  म पार्टीभित्रको कुनै पनि गुटमा छैन

शेखर कोइरालाले भने-  म पार्टीभित्रको कुनै पनि गुटमा छैन

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले कुनै पनि गुटमा रहेको दाबी अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।
 
संस्थापन इतर समूहमा रहेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला उनले त्यस्तो दाबी अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।

कोइरालाले आफू संस्थापन इतर समूहमा रहेको भन्ने समाचारहरू प्रचारप्रति आपत्ति जनाए । 

‘म कुनै ग्रुपमा छैन, मेरो लक्ष्य पार्टीलाई एक ठाउँमा ल्याउनु हो, ‘उनले भने ।

उनले आफ्नो एकमात्र लक्ष्य कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पुनः पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु रहेको बताए। 

उनले थप भने- ‘अहिले मलाई के लाग्छ भने यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्वइङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्वइङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ । अब सिफ्ट हुन चाहीँ हामीले नदिऔँ।' 

कोइरालाले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077